‘मायापिरती’काे भिडियाेपछि बाह्रदशीले फिर्ता गर्‍याे काजीमानलाई

‘मायापिरती’काे भिडियाेपछि बाह्रदशीले फिर्ता गर्‍याे काजीमानलाई


काठमाडाैँ ।

आफ्नै सहकर्मीसँग कार्यालयमै ‘मायापिरती’ काे भिडियाे बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बाह्रदशी गाउँपालिकाले फिर्ता गरेकाे छ ।

इलामकाे माईजाेगमाई गाउँपालिकामा प्रशासकीय अधिकृत हुँदा लेखापालसँगकाे अनैतिक क्रियाकलाप गरेकाे भिडियाे बाहिरिएकाे थियाे ।

साे भिडियाे बाहिरिनुअघि नै सरुवा भएर झापाकाे बाह्रदशी गाउँपालिका गएका राईलाई भिडियाे बाहिरिएसँगै गत शनिबार बसेकाे कार्यपालिकाकाे बैठकबाटै निर्णय गराई फिर्ता गरिएकाे हाे ।

गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकाेटीले विकास टाइम्ससँग भनिन्, ‘भदाै १२ गते उहाँले हाजिर गरिसक्नुभएकाे थियाे । त्यतिबेला यस्ताे केही थाहा थिएन । तर भिडियाे बाहिर आएपछि स्थानीय बासिन्दाले पनि यस्ताे हाकिम फिर्ता गर्नुपर्ने सुझाव दिए । हामीले कार्यपालिका बैठकबाटै निर्णय गरेर उहाँलाई फिर्ता गरेका हाैँ ।’

मन्त्रालयलाई अर्काे प्रशासकीय अधिकृत पठाइदिन माग गरिएकाे उनले बताइन् ।

यसअघि माइजोगमाई गाउँपालिकाले पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरेकाे थियाे । भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरिएको हो ।

यता, माईजोगमाई गाउँंपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक नलगाएको पालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए ।

पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उनलाई हाजिर नगराई फर्काइएको समाचार प्रकाशन भएकाे थियाे ।

तर गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विकास टाइम्ससँगकाे कुराकानीमा पाेख्रेलकाे रमानापत्र बुझेकाे र उनले पुरानाे पालिकामा अडिटकाे काम बाँकी छ भनेकाले सकेर आउने गरी गएकाे बताए ।

यसअघिका हाकिमका कारण पालिकाकाे बद्नाम भएकाे भन्दै उनले भने, ‘यसअघि पनि त्यत्राे काण्ड भयाे । हामीले पनि उहाँसँग कुरा त गर्नुपर्‍याे नि ! म जिल्लातिर थिएँ, उहाँले मलाई जानकारी पनि गराउनुभएकाे थिएन । त्यहाँ केही साथीहरूले केही कुरा उठाउनुभएछ । तर मिडियाबाजी धेर भयाे । उहाँले सिरिजंघाकाे काम सकेर आएपछि काम गर्नुहुन्छ ।’