सुनसरी ।
सुनसरीका २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।
आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए ।
उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।
यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया