विद्युत महसुल बापतको ३३ लाख कुम्ल्याएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

विद्युत महसुल बापतको ३३ लाख कुम्ल्याएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


सुनसरी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत महसुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ संकलन गरिएको छ ।

विद्युत् महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।