सुवास नेम्वाङ शौचालयमा बेहोस अवस्थामा फेला परेपछि…

सुवास नेम्वाङ शौचालयमा बेहोस अवस्थामा फेला परेपछि…


काठमाडौँ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए ।

त्यसपछि परिवारका सदस्यहरूले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरूका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याउँदा राति १ः५० बजेको थियो ।

त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्‍याएको उल्लेख छ । अस्पताल पुर्‍यालगत्तै चिकित्सकहरूले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए ।

तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । त्रिवि शिक्षण अस्पताल स्रोतले  भन्यो, ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले/नचलेको, सास फेरे/नफेरेको, मुटु चले/नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ ।’