‘देशले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायाे’

‘देशले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायाे’


काठमाडौँ ।

सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

‘उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु’, उनले भनेका छन् ।

यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको गएराति हृदयघातका कारण मृत्यु भएको थियो ।