नेम्वाङकाे अन्त्येष्टि मुन्धुम संस्कृतिअनुसार

नेम्वाङकाे अन्त्येष्टि मुन्धुम संस्कृतिअनुसार


काठमाडौँ ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।

गएराति हृदयघातबाट निधन भएका नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राति निधन भएको थियाे ।

संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अस्ट्रेलियामा रहेका छोरा स्वदेश फर्केपछि मात्रै गरिनेछ । छोरा नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राखिनेछ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।