६० किलो सुन तस्करी प्रकरण : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउने

६० किलो सुन तस्करी प्रकरण : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउने


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सिआइबीले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिर बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज ९मंगलबार० सरकारी वकिललाई बुझाउने तयारी गरेको हो।

यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन्। सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको छ। सुन प्रकरणमा पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन्।

तस्करीको सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको हो।

सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व, भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो।​

उक्त प्रकरणका पक्राउ परेका आरोपीहरुमाथी अनुसन्धान सुरु भएको आज ५६ दिन पुगिसकेको छ । भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए।