काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् ।
शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउने साथ उनलाई मृत घोषणा गरिएको हो ।
रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए ।
विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको आजै दिउसो पशुपतिमा अन्त्येष्ठि गर्ने तयारी छ ।
मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन् ।
प्रतिक्रिया