रोङमा आज शोक विदा

रोङमा आज शोक विदा


इलाम ।

इलामको रोङ गाँउपालिकाले आज गाँउपालिकामा शोक विदा दिएको छ ।

संविधान सभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद सुवास चन्द्र नेम्बाङको निधनमा गाँउपालिकाले शोक विदा दिएको हो ।

गाँउपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले विज्ञप्ति जारी गर्दै संविधान सभा अध्यक्ष प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मिति २६ गते मंगलबार यस पालिकाले शोक बिदा दिने निर्णय गरेको बताएका छन् ।