कौशलटारमा खुल्यो यमहाको सर्वाधिक सुविधा सम्पन्न शोरुम

कौशलटारमा खुल्यो यमहाको सर्वाधिक सुविधा सम्पन्न शोरुम


काठमाडौं ।

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा शोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडब्लूले अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको हो ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस शोरुममा बेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजी मार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

एमएडब्लूले अघिल्लो वर्ष असोज १३ गते नक्सालमा नेपाली बजारमा उपलब्ध २ पांग्रे सवारी साधन बजारकै सबैभन्दा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको थियो ।

ग्राहकहरुको सुविधालाई स्थापनाकाल देखिनै उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु कोर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ ।