बसपार्क निर्माणको काम अधुरै, आएको बजेट भने फिर्ता

बसपार्क निर्माणको काम अधुरै, आएको बजेट भने फिर्ता


हुम्ला ।

निर्माणधिन सिमकोट गाउँपालिका– ५ को मैनागाडामा निर्माण सुरु भएको मिनी बसपार्कका लागि आएको बजेट फिर्ता भएको छ ।

गाउँपालिकाका प्राविधिक र निर्माण उपभोक्ता समितिबिच समन्वय नहुदा निर्माणका लागि आएको बजेट फिर्ता गएको हो ।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले प्रदेश सरकारबाट मिनी बसपार्क निर्माणका लागि आएको बजेटमध्ये ७ लाखभन्दा बढी फिर्ता गएको बताए ।

बसर्पाक निर्माणका लागि ५० लाख बजेट विनियोजित भएको थियो । बसपार्कको काम भने अधुरो नै रहेको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष शान्ति लामाले गाउँपालिकाका प्राविधिकले बजेट अनुसारको काम भएको भनेपछि काम रोकिएको तर पछि अन्तिम मूल्याङ्कन गर्दा लागत इष्टिमेट अनुसार काम नभएको पाइएको थियो।

बसपार्कको काम एकातिर ग्याविन वाल लगाउने र जमिन सम्म्याउने काम भएको छ । प्राविधिकहरू स्थलगत रूपमा कम जानुको कारण बजेट फिर्ता जाने मुख्य समस्या रहेको सेवाग्राहीको गुनासो धेरै आउने गरेको छ ।

प्राविधिकहरूले टेबल काम बढी र फिल्डमा कम जाने भएको कारण समस्या देखिएको आरोप सेवाग्राहीको रहेको छ ।