अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल दराजमा

अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल दराजमा


काठमाडौं ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ

यो सम्झौता सहित अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।

काठमाडौं स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी अटोपार्टस् प्रा. लि. का सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगर बिच सहमति र सहकार्य को सम्झौता भएको हो ।

अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्नेछन ।