२ मिनी ईभी कोमेट र ई–१ बजारमा, कति छ मूल्य ?

२ मिनी ईभी कोमेट र ई–१ बजारमा, कति छ मूल्य ?


काठमाडौं ।

नेपाली अटोमोवाइल बजारमा मिनी ईभीको तिब्र गतिमा बढेको छ ।

सुरुवाती दिनमा इलेक्ट्रीक भेहिकल भनेर चिनाउने रेभा मिनी ईभीदेखि महिन्द्राको इटुओ बन्द भएको छ । तर, बजारमा भारत र चीनमा उत्पादन भएका साना ईभीको आयात तिब्र भएको छ ।

यसअघि बजारमा उपलब्ध हेनरी, विलिङ जस्ता मोडललाई पछाडि धकेल्दै सेरेस ई–१ र एमजी कोमेट अगाडि आएका छन् ।

त्यसमा पनि एमजी कोमेटको चर्चा निकै बढेको छ । विद्युतीय सेग्मेन्टमा निकै राम्रो जेडएस ईभी र हिजो मात्रै लन्च भएको एमजी–४ सँगै रहने भएको कारण पनि कोमेट धेरैले चर्चा गर्ने मोडल बन्नेछ ।

आजबाट काठमाडौंको भृकुटीमण्डमा नाडा अटो शो सुरु हुँदैछ । यहाँ विलिङ एयर मिनी, कोमेट र ई–१ प्रदर्शनी हुनेछन् । तर, बजारमा नयाँ भएको कारण एमजी कोमेट र सेरेस ई–१ ले बढी चर्चा पाउने देखिन्छ ।

यस्तोमा हामीले नाडा अटो शोमा रहने कोमेट र सेरेस इ–१ को बारेमा चर्चा गरेका छौं । एमजी कोमेट दुई भेरियन्टमा र ई–१ तीन भेरियन्टमा उपलब्ध हुनेछ । कोमेट पेस भेरियन्टको मूल्य १७ लाख ९९ हजार र प्ले भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै सेरेस ई–१ मिड भेरियन्टको मूल्य १३ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हामीले यहाँ समान १७ लाख ९९ हजार मूल्य भएको थ्री डोर मिनी ईभी कोमेट पेस तथा सेरेस ई–वान टप भेरियन्टको बीचमा तुलना गरेका छौ । यी दुबै कारमा ४ वटा मात्र सिट रहेका छन् ।

डायमेन्सन

एमजीको कोमेट पेसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६४० एमएम रहेको छ । कोमेटको ह्वीलवेस २०१० एमएमको छ । यो ईभीलाई मात्र ४।२ मिटर रेडियसनमा फुल टर्न गर्न सकिन्छ । कोमेटको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ ।

त्यस्तै, सेरेस ई–१को लम्बाई ३०३० एमएम, चौडार्र्ई १४९५ एमएम तथा उचाई १६४० एमएम छ । यसमा १९६० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स केबल १४० एमएम मात्रै छ ।

ब्याट्री र मोटर

कोमेट पेसमा ३१।२६ किलोवाट क्षमताको मोटर छ । यसले ४२ हर्सपावर तथा ११० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै, यसमा १७।३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

यसलाई एक पटकको फुल चार्जमा २३० किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । तर, विभिन्न किसिमका परिक्षणमा यसले १९० किलोमिटर रेन्ज दिने देखाएको छ । यसमा रहेको ब्याट्रीलाई ३।३ किलोवाटको चार्जरले रिचार्ज गर्दा सून्यबाट ७ घण्टामा फुल रिचार्ज गर्न सकिन्छ ।

त्यसैगरी, सेरेस ई–१मा ३० किलोवाटको मोटरछ । यसले अधिकतम ४० हर्स पावर र १०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो मिनी कारमा १६।८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ ।
यसले एक पटकको फुल चार्जमा २२० किलोमिटर रेन्ज दिने सीएटीएलले प्रमाणित गरेको छ । यसले पनि अधिकतम १८० किलोमिटर हाराहारी रेन्ज दिने छ । यसमा रहेको ब्याट्रीलाई ३।३ किलोवाटको चार्जरले ४।५ घन्टामा १० बाट ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

व्याट्रीको रेन्ज र मोटर पावरमा कोमेट पेस केहि अगाडि देखिन्छ । दुबै कार सिटी लक्षित भएको कारण डीसी फास्ट चार्जरको सुविधा छैन ।

सेफ्टी फिचर

दुबै कार सानो साइजको भएपनि सुरक्षा फिचर प्रर्याप्त छन् । एमजी कोमेटमा डिउल फ्रन्ट एयरव्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, सिटबेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट एङ्कर, स्पीड सेन्सीङ अटो डोरलक र इम्प्याक सेन्सीङ डोर अनलक जस्ता फिचर छन् ।

त्यस्तै सेरेस ई–१मा सिंगल ड्राइभर सिट एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, स्पीड सेन्सीङ अटो डोरलक तथा इम्प्याक सेन्सीङ डोर अनलक, एबीएस, इबीडी, इलेक्ट्रिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनीक ब्रेक असिस्ट जस्ता फिचर छन् ।

त्यसैगरी, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोहोल्ड, रिभर्स पार्किङ क्यामरा, सिटबेल्ट रिमाइण्डर, आइएसओ फिक्स चाइल्ड सिट एङ्कर, इलेक्ट्रोनीक ह्याण्ड ब्रेक पनि यसमा पाउन सकिन्छ ।

कम्फर्ट तथा कन्भिनेन्स फिचर

कोमेट पेसमा ७ इन्चको फुल्ली डिजिटल क्लस्टर, रिमोट सेन्टर लकिङ, किलेस इन्ट्री, फ्रन्ट पावर विण्डो, म्यानुअल एसी तथा हिटर, पावर स्टेरिङ, २ वटा स्पीकर, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल, रियर पार्किङ सेन्सर पाउन सकिन्छ । यसमा इन्फोटेन्मेन्ट सिस्टमको भने अभाव खट्कीन सक्छ । कमेट पेसमा १२ इन्चको कभर सहितको स्टील ह्वील छ ।

सेरेस ई–१मा ८.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्लेका साथै ड्राइभर इन्फर्मेसनका लागि छुट्टै एलसीडी डिजिटल क्लस्टर छ । सेरेस ईवान टप भेरियन्टमा १३ इन्चको अलोय ह्वील रहेको छ ।

यसमा रिमोट सेन्टर लकिङ, किलेस इन्ट्री, फ्रन्ट पावर विण्डो, म्यानुअल एसी तथा हिटर, २ वटा स्पीकर, मल्टि फङ्सनल स्टेरिङ ह्वील, किलेस स्टार्ट/स्टप, क्रुज कन्ट्रोल, इलेक्ट्रोनीक गियर सिफ्ट, इलेक्ट्रीक ह्याण्ड ब्रेक पाउन सकिन्छ ।

फिचरको मामलामा भने सेरेस ई–१ मिनी ईभीको टप भेरियन्टले एमजी कमेट पेसलाई निकै पछाडि पारेको देखिन्छ ।