अरबानीया भ्यानको बुकिंग खुल्ला गरि बिक्री सुरु, कति छ सुरुवाती मूल्य ?

अरबानीया भ्यानको बुकिंग खुल्ला गरि बिक्री सुरु, कति छ सुरुवाती मूल्य ?


काठमाडौं ।

नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शो मा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिंग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ ।

यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य ८२ लाख ९९००० रुपैयाँ र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९००० रुपैयाँ कम्पनीले सार्वजनिक गरेको छ ।

यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।