रामेछापमा २५ यात्रु सवार बस दुर्घटना, ३ जना गम्भीर घाइते

रामेछापमा २५ यात्रु सवार बस दुर्घटना, ३ जना गम्भीर घाइते


रामेछाप ।

सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् ।

रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिए ।

बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए ।

गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य ६ जनालाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए ।