डडेलधुराको मेलखर्कमा रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुराको मेलखर्कमा रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु


डडेलधुरा । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ । घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिए । उनका अनुसार कैलालीको अत्तरिया बाट डोटी तर्फ गईरहेको अटो रिक्सा बुधवार राती करिब ९ बजे तिर दुर्घटना भएको हो । अटोमा तीन जना मात्रै सवार रहेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।