आज सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुने

आज सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुने


काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आज दिउँसो २ बजे बाँडफाँड गरिने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आइपिओ बाँडफाँड गर्ने भएको हो। आइपिओ बाँडफाँड कार्यक्रम दिउँसो २ बजबाट सुरु हुने एनआईएमबि एसको जानकारि छ ।

सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिनसम्म यो आइपिओमा ११ लाख ७ हजार ४८ आवेदकबाट कुल १ करोड २४ लाख ५० हजार १२० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा १.३८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले २ लाख बढीको हात खाली हुने देखिएको छ।