आज सार्बजनिक बिदा, सेयर बजार, बैंक वित्त पनि बन्द

आज सार्बजनिक बिदा, सेयर बजार, बैंक वित्त पनि बन्द


काठमाडौं ।

सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो ।

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिदैँछ ।

गत मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिईएको हो ।