यस्तो छ यामाहा FZ-S V3 को नयाँ अवतार

यस्तो छ यामाहा FZ-S V3 को नयाँ अवतार


काठमाडौं ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3  को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।

यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ । नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ।

FZ-S FI V ३.० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-S FI भर्सन ३.० मा एयर कूल्ड फोर-स्ट्रोक १४९ cc SOHC, २-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ।

यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।