राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्तिम विदाई

राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्तिम विदाई


काठमाडौं ।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट मा दाहसंस्कार गरिएको छ ।

बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

गत सोमबार राति निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।