एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने

एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १३ प्रतिशत बोनस सेयर र करसहित ७.६८प्रतिशत नगद गरी कुल २०.६८प्रतिशत लाभांश वितरण गरेको थियो ।