मीड सोलु हाइड्रोको आइपिओ निष्कासन मिति सर्‍यो, कहिले खुल्छ ?

मीड सोलु हाइड्रोको आइपिओ निष्कासन मिति सर्‍यो, कहिले खुल्छ ?


काठमाडौं ।

मीड सोलु हाइड्रोपावर लिमिटेडको आइपिओ निष्कासन मिति सरेको छ।

कम्पनीले सर्वसाधारणका लागि आज भदौ २८ गतेबाट जारी गर्ने भनेको आइपिओ आज सार्वजनिक बिदा दिएको कारण भोलि भदौ २९ गतेबाट मात्रै जारी हुने धितो पत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुटाइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरूका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा छिटोमा असोज १ गते हुनेछ भने ढिलोमा असोज ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।