केही वर्षमा कालीगण्डकीको अस्तित्व समाप्त हुनेछ…

केही वर्षमा कालीगण्डकीको अस्तित्व समाप्त हुनेछ…


काठमाडौं ।

कालीगण्डकी नदीमाथि गैरकानुनी रुपमा दोहन हुदै आएको छ ।

यसरी गैगरकानुनी रुपमा दोहन गरेर सीमित व्यक्तिहरुले प्रकृतिमाथिको हस्तक्षेप गरेको ‘कालीगण्डकी बचाऔं अभियान’का अभियन्ताहरुले बताएका छन्।

‘कोही व्यक्तिको व्यक्तिगत स्वार्थ र फाइदाका लागि यो विशिष्ट सम्पदा नाशिनु कसैलाई पनि स्वीकार्य छैन’ उक्त अभियानको अभियन्ता आरके अतृप्त गिरि भन्छन्, ‘यो हाम्रो मानव सभ्यतामाथिको आक्रमण हो।’

भन्छन्- ‘यस्तै स्थिति भइरहने हो भने कालीगण्डकीको अस्तित्व केही वर्षमा समाप्त हुनेछ । त्यसैले कोही पनि मूकदर्शक नबसौं । यो सभ्यताको लडाइँमा जुटौं, आवाज चौतर्फी बुलन्द गरौं।’

तस्विर :आरके अतृप्त गिरि