पर्यो त सिटिजन लाइफको इन्स्योरेन्सको आइपियो ? यसरी हेर्नुहोस् !

पर्यो त सिटिजन लाइफको इन्स्योरेन्सको आइपियो ? यसरी हेर्नुहोस् !


काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आइपिओ बाँडफाँड गरेको हो। आइपिओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको थियो।

सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

क्यापिटलका अनुसार यो आइपिओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता प्रमाणीकरण भएको छ। जसमा १४ लाख ७ हजार २३७ आवदेकबाट परेको १ करोड ५५ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले सदर आवेदकमध्ये ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।

आइपिओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आइपिओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा र सीडीएससीको iporesult.cdsc.com.np  मा हेर्न सकिन्छ।