विमानस्थलबाट २ किलो धुलो सुन बरामद

विमानस्थलबाट २ किलो धुलो सुन बरामद


काठमाडौं ।

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा १ करोड रुपियाँभन्दा बढी मूल्यको २किलो सुनको धुलो बरामद भएको १ जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार १ करोड ५ लाख २७ हजार रुपियाँ बराबरको सुनको धुलो दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको ३ वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बरामद भएको हो ।

बरामद सुनको धुलो २४ क्यारेटको हो । आज (बिहीबार) अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।