आइसरको ग्राहक भेला सम्पन्न

आइसरको ग्राहक भेला सम्पन्न


काठमाडौं ।

आइसर 3015 J HSD ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो जहाँ सहभागीहरूले आइसर 3015 J HSD मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए । यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो ।

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर 3015 J HSD बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको छ ।

साथसाथै २७५ उकालोमा सजिलै आइसर 3015 J HSD मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ ।