३ दिन पछि बढ्यो सुनको भाउ, कति पुग्यो ?

३ दिन पछि बढ्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौँ ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।