किन्ने हैन निसान गाडी, ८ लाख सम्मको छुट छ है !

किन्ने हैन निसान गाडी, ८ लाख सम्मको छुट छ है !


काठमाडौं ।

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुनेछ ।

१५औँ नाडा अटो शो, २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो ।

यो योजना नाडा अटो शो सकिएपछि पनि चाडपर्वको अवधि भरी लागू हुने छ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो शो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाइने छ । निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टि र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन् ।

साथै यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । तरयी सुविधाहरूमा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने छ । पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई नाडा अटो सो २०२३ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू प्राप्त गर्न अनुरोध समेत गरेको छ ।