गोहीको आक्रमणबाट महतोको मृत्यु

गोहीको आक्रमणबाट महतोको मृत्यु


भरतपुर ।

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।