यामाहाको स्कुटर, बाइक किन्दा १ लाखसम्म नगद फिर्ता, उपहारमा आइफोन १४ र जापान जाने मौका

यामाहाको स्कुटर, बाइक किन्दा १ लाखसम्म नगद फिर्ता, उपहारमा आइफोन १४ र जापान जाने मौका


काठमाडौं ।

चाडपर्व नजिकिँदै गर्दा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ आयोजना गरेको छ ।

यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजनामा यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजारदेखि एक लाख रुपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको क्यासब्याक, लक्की ड्र मार्फत् दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्नेछन् ।

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ ।

स्योर सट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको कम्पनीले भनाइ छ ।