सिटिजन्स बैंकले ५ प्रतिशत नगद लाभांश दिने

सिटिजन्स बैंकले ५ प्रतिशत नगद लाभांश दिने


काठमाडौं ।

सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट यसअघि माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंकले पनि लाभांश प्रस्ताव गरिसकेका छन् ।