१ महिनामा नेपालीले पड्काए २ करोड १४ लाखको चुइगम

१ महिनामा नेपालीले पड्काए २ करोड १४ लाखको चुइगम


काठमाडौं ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनामै २ करोड १४ लाख रुपैयाँको चुइगम आयात भएको हो ।

यसबापत आयातकर्ताले राज्यलाई १ करोड ७२ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । यस्तै, यस अवधिमा ४६ हजार ६५७ किलोग्राम चुइगम आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार नेपालमा विश्वका ४ देशबाट चुइगम आयात हुने गरेका छन् । चुइगम आयात हुने केही देशको नाम भने खुलेको छैन । यस अवधिमा भारतबाट सबैभन्दा धेरै २ करोड ७ लाख रुपैयाँको चुइगम आयात भएको छ ।

यसबाहेक, बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम आयात भएको छ भने अमेरिकाबाट र क्यानडाबाट न्यूनमात्रामा चुइगम भित्रिएको तथ्यांक छ । यसबाहेक, नाम नखुलेको देशबाट ३ लाख ५४ हजार रुपैयाँको चुइगम भित्रिएको तथ्यांक छ ।