नाडा अटो शोको आज अन्तिम दिन, शनिवार एकैदिन १६ हजार बढीले गरे अवलोकन

नाडा अटो शोको आज अन्तिम दिन, शनिवार एकैदिन १६ हजार बढीले गरे अवलोकन


काठमाडौं ।

‘नाडा अटो शो २०२३’ आज समापन हुँदैछ ।

गत मंगलवारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार सम्म चल्ने छ।

शो मा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शोमा छैटौँ दिनको बिहानीसम्ममा ६६ हजार ४ सय जना भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको छ ।

आयोजक नाडा अटो शो अनुसार हिजो अर्थात् शनिवार मात्रै १६ हजार ८ सय बढिले अटो शो अवलोकन गरेका छन् । अटो शोमा अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रह्यो । पहिलो दिनमा खासै उत्साहजनक सहभागीता नदे खिएको उक्त अटो शो मा छैटौँ दिनसम्म आइपुग्दा भने ६६ हजार बढिले अटो भ्रमण गरेका छन् ।

विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ । आयोजकका अनुसार –‘नाडा अटो शोमा अवलोकनकर्ताहरूको भिड निकै नै उत्साहजनक भएको छ। प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट , टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा १६ वटा ब्रान्डका ४ पांग्रे, २२ वटा ब्रान्डका २ पांग्रे,, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल , ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट , टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ।

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । शो मा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन् । करिब २० अर्बको कारोबार हुने अनुमान गरिएको अटो शोमा ७५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने नाडाको अपेक्षा थियो ।