सरकारले अपर अरुण जलविद्युतका लागि विश्वबैंकवाट ६ मिलियन ऋण सहायता लिने

सरकारले अपर अरुण जलविद्युतका लागि विश्वबैंकवाट ६ मिलियन ऋण सहायता लिने


काठमाडौं ।

सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्वबैंकवाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वबैंकवाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ। सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।