रेमिट्यान्सले राख्यो रेकर्ड, एक महिनामा भित्रियो सवा खर्ब

रेमिट्यान्सले राख्यो रेकर्ड, एक महिनामा भित्रियो सवा खर्ब


काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो ।

गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा पनि नेपाली रुपैयाँमा रेमिट्यान्स बढेको देखिएको हो ।

साउनमा ८७ अर्ब ९८ करोड अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।