हिमालयन रिइन्स्योरेन्सकाे आइपिओ आउने, कति पर्ला मूल्य ?

हिमालयन रिइन्स्योरेन्सकाे आइपिओ आउने, कति पर्ला मूल्य ?


काठमाडौँ ।

हिमालयन रिइन्स्योरेन्सले आइपिओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हिमालयनले ३ करोड कित्ता आइपिओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आइपिओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपिओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।