शिक्षा दिवसमा विभूषित हुन पाउने ९६३ जनामा को को परे ?

शिक्षा दिवसमा विभूषित हुन पाउने ९६३ जनामा को को परे ?


काठमाडौं ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।

साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।

यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।