सेयर बजार १६ अंकले बढ्यो, रिलायबल लाइफ इन्सुरेन्सको सर्वाधिक कारोबार

सेयर बजार १६ अंकले बढ्यो, रिलायबल लाइफ इन्सुरेन्सको सर्वाधिक कारोबार


काठमाडौं ।

सेयर बजारमा सुधार देखिएको छ ।

मंगलबार नेप्से सूचक १६.२६ अंकले बढेर १९८५.४३ विन्दुमा आएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । होटेल र ट्रेडिङ बाहेक बाँकी सबै समुह बढेका छन् । हाइड्रोपावर समूहमा सबैभन्दा बढी तेजी आएको छ । यो समूह ३.२१ प्रतिशतले बढेको हो ।

नेप्से सूचकसहित अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बजार निकै तल्लो विन्दुमा आउँदा सेयर मूल्य सस्तो भएको छ ।

यही बेला लाभांशको सिजन पनि सुरु भएको छ । सस्तो मूल्यमा लाभांशसमेत हात पार्न सकिने भएकाले लगानीकर्ताले सुस्त गतिमा भए पनि सेयर खरिद गर्दै जाने अनुमान गरिएको छ ।

यस दिन २७२ कम्पनीको ४३ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१० करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल्स होटेल्स र एनआइसी एसिया बैंक परेका छन् ।