काठमाडौं ।
नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।
महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ ।
मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।
तर शिक्षक महासंघ वार्तामा नगएको हो ।
प्रतिक्रिया