फुटपाथ व्यापारीको समर्थन गर्दै अभियन्ता ईः महानगर अघि ७७ घन्टासम्म उभिने

फुटपाथ व्यापारीको समर्थन गर्दै अभियन्ता ईः महानगर अघि ७७ घन्टासम्म उभिने


काठमाडौं ।

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ईःले आन्दोलन थालेका छन्।

उनी काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिने भएका छन्।

मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि उभिएका छन्।

ईःले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्।

काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ईःले राखेका छन्।

उनीसँगै अन्य केही युवाहरू पनि महानगरअघि उभिएका छन्।