आज सेयर बजार र बैंक वित्त बन्द

आज सेयर बजार र बैंक वित्त बन्द


काठमाडौं ।

आज बुधबार सेयर बजार बन्द हुने भएको छ ।

बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।

मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।