काठमाडौं ।
एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने अनुमान गरेको छ ।
एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२३को प्रतिवेदनमा उक्त आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो ।
प्रतिवेदनमा गत आर्थिक वर्ष २०२३ (सेप्टेम्बरसम्म) नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको औंल्याइएको छ ।
त्यस्तै गत आर्थिक वर्ष भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको र चालु वर्षमा ६.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियामा गत आर्थिक वर्ष माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७.१ प्रतिशत रहेको र चालु वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६.९ प्रतिशत रहने अनुमान छ ।
प्रतिक्रिया