देशभरका विद्यालय बन्द, विद्यार्थिहरु अन्योलमा

देशभरका विद्यालय बन्द, विद्यार्थिहरु अन्योलमा


काठमाडौं

सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग छलफल गरेको छ ।
बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल  भए पनि वार्ता निष्कर्षबिहिन भएको छ ।

छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका थिए ।

यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

यस्तै देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन् । विद्यालय बन्द भएपछि विद्यार्थिहरु स्कुल जाने कि नजाने भन्ने अन्योलमा परेका छन् ।