शिक्षक आन्दोलनप्रति महासंघकाे आपत्ति : ८० लाख विद्यार्थीको पढाइ ठप्प, मौन नवस्ने चेतावनी

शिक्षक आन्दोलनप्रति महासंघकाे आपत्ति : ८० लाख विद्यार्थीको पढाइ ठप्प, मौन नवस्ने चेतावनी


काठमाडौं ।

विद्यालय बन्द गराएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ ।

आफ्नो पेसागत अधिकारको माग राख्दै शिक्षकहरूको आन्दोलनका कारण विद्यालय भएकोप्रति महासंघले आपत्ति जनाएको हो ।

शिक्षक कर्मचारीहरूले उठान गरेका मागहरूप्रति सम्मान र समर्थन गर्दै विद्यालय बन्द गराएको प्रति आपत्ति जनाएको हो ।

महासंघ अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त शिक्षकको पेसागत अधिकार सुनिश्चित गर्न र शिक्षण पेसालाई सम्मानित, मर्यादित र आकर्षक बनाउन शिक्षकहरूले उठाउँदै आएका न्यायोचित माग प्रति सम्मान र समर्थन रहेको महासंघले जनाएको हो ।,

आफ्ना माग पुरा गराउन गरिएको विद्यालय बन्दको कार्यक्रममा आफूहरूको असहमति रहेको जनाएको हो ।

अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध भएको डेढ करोड भन्दा बढी अभिभावक चिन्तित बनेको महासंघको भनाई छ ।

शिक्षकहरूले अघि सारेका मागहरू समेत तत्काल सम्बोधन गर्न सरकारसमक्ष माग गरे । बालअधिकार महासन्धीको धारा २८, नेपालको संविधानद्वारा प्रदत्त बालबालिकाको मौलिक हक, बाल अधिकार सम्बन्धी ऐन २०७५, विद्यालय शान्ति क्षेत्र सम्बन्धी राष्ट्रिय प्रतिबद्धता समेतलाई मनन गरी विद्यालय बन्दको विकल्पमा रचनात्मक आन्दोलन र वार्ता मार्फत समस्या समाधान गर्न महासंघले माग गरेको छ ।

बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग माग गरेको छ । आम अभिभावक र समुदाय मौन रहन नसक्ने समेत चेतावनी दिइएको छ ।