झण्डै ४ करोड ठगी गर्ने म्यानपावरविरुद्ध मुद्दा दायर

झण्डै ४ करोड ठगी गर्ने म्यानपावरविरुद्ध मुद्दा दायर


काठमाडौ ।

विस एचआर सेलुसन (१४२५) म्यानपावर कम्पनीविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

वैदशिक रोजगार विभागले ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उक्त कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मंगलबार मुद्दा दायर गरेको हो।

विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले म्यानपावरको इजाजतपत्रसमेत खारेज गरिदिएको छ ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार उक्त म्यानपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिकासमेतका देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ उठाएको थियो । रकम उठाउन नसकेपछि म्यानपावरले उनीहरूलाई वैदेशिक रोजगारमा नपठाएको हो ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन दिलाइरभराइ पाउनुपर्ने मागदाबी लिई न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको हो ।