काठमाडौं ।
काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए ।
शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।
प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया