विराटनगर ।
विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवकलाई प्रहरीले नक्कली भारतिय नोट सहित पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी छन् ।
शनिबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । उनले भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान खरिद गरेका थिए ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारपनि बरामद गरेको छ ।
प्रतिक्रिया