बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या

बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या


धादिङ ।

धादिङमा एक वृद्धाको हत्या भएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका–४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या भएको हो ,
हत्याको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट बाख्राले कोदो खाएको निहुँमा हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेको थियो ।

उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।