टोकियो ।
जापानको फुकुसिमास्थित तोहोकु सफारी पार्कमा एउटा सिंहले चिडियाखाना रक्षकको हत्या गरेको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ ।
चिडियाखानामा पालिएको सिंहलाई खाना खुवाउन गएका बेला सो दुर्घटना भएको थियो । सिंहको आक्रमणमा परी केनिची काटो नामक चिडियाखाना रक्षक मारिएका छन ।
द इन्डिपेन्डेन्टको समाचार अनुसार केनिची काटो सिंहलाई खुवाउन खोर भित्र गएका थिए तर निस्कने क्रममा उक्त खोरको ताला लगाउन बिर्सिए । सोही बेला सिंहले उनलाई पछाडिबाट आक्रमण गर्यो। उनको घाँटीबाट धेरै रगत बगेको थियो । उनको शरीरमा धेरै गहिरो घाउको निशान थियो ।
चिडियाखाना प्रशासनले तुरुन्तै काटोलाई नजिकैको अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीय प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छन भने आक्रमणपछि सो सिंहलाई बेहोस अवस्थामा राखिएको छ ।
यस घटनाका सम्बन्धमा पत्रकारसँग कुरा गर्दै निकुञ्जका वरिष्ठ अधिकारी नोरिचिका कुमाकुबोले ढोका खोलेर जनावरका लागि खाना खुवाइने गरिएको थियो । खाना राखेपछि ढोका बन्द गरेर ताला लगाउनु पर्छ तर काटोले त्यसो गर्न बिर्से र त्यसैबेला ढोका खुल्ला छोडिदिए पछि सिंहले मौका पाएर उनीमाथि आक्रमण गर्यो ।
सो घटना पछि सुरक्षा व्यवस्थापन उपायहरू सुधार गर्न चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ।
चिडियाखानाका अधिकारीहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै काटोको परिवारसँग माफी मागेका छन्। आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि पहल गरिने आश्वासन दिएका छन् । काटो २७ वर्षदेखि तोहोकु सफारी पार्कमा कार्यरत थिए । यस्तो अवस्थामा सिंह, बाघ र भालुजस्ता जनावरसँग व्यवहारमा उनी अनुभवी मानिन्थे तर दुर्घटना भएको दिन उनले खोरको ढोका लगाउन भुल गरे, जुन गल्तीले उनको ज्यान गयो ।
प्रतिक्रिया