१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ


रुपन्देही ।

रुपन्देहीबाट १० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट सशस्त्र प्रहरीले भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी लाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ भने बरामद रकम र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने तयारी रहेको छ ।